स्वास्थ्य मन्त्री र अमेरिकी विदेश सहायक मन्त्रीले गरे फाइजर खोप अभियानको अवलोकन



Download our app to get more features

काठमाडौं,२ मंसिर । स्वास्थ्य मन्त्री विरोध खतिवडा र अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु ले सयुक्त रुपमा फाइजर खोप अभियानको अवलोकन गरेका छन् । 

उनीहरुले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जमा बालबालिकाहरुलाइ कोरोना विरुद्धको अमेरिकी फाइजर खोप लगाइरहेको अवस्थाको अवलोकन गरेका हुन् । 

अवलोकनमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले फाइजर खोपको सुरुवात अमेरिकी विदेश सहायक मन्त्रीसँग गर्न पाएकोमा धेरै खुशी लागेको बताए । 

खतिवडाले आगामि दिनमा पनि कोभिड विरुद्धको लडाइमा अमेरिकासँग सँगसँगै रहने र अमेरीकासँगको मित्रता र सहयोग निरन्तर रहने बताए । 

त्यस्तै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले कोरोनाविरुद्धको फाइजर ढुक्कसँग लगाउन आग्रह गरेका छन् । उनले आफ्नो १६ वर्षीय छोरीले समेत फाइजर खोप लगाएको जानकारी दिदै कोरोनाबाट बच्ने खोप नै प्रभावकारी विकल्प भएकाले सबैले खोप लगाउनुपर्ने बताए । 

अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत  नेपाललाई १ लाख ६ सय २० मात्रा फाइजर खोप सहयोग गरेको छ । 

Last modified on 2021-11-18 15:46:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts