ललितपुर महानगरमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै



Download our app to get more features

काठमाडौं, २ मंसिर । ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।

विभिन्न समयमा पहिलो डोज लगाएर दोस्रो डोज लगाउने समयावधि पुगेका नागरिकलाई आजदेखि दोस्रो मात्रा खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरूका लागि आज र भोलि गरी दुई दिन भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जनाएको छ ।

खोप लिनका लागि आफ्नो वडामा सम्पर्क गरी कार्ड लिएर जान पनि महानगरले भनेको छ ।

Last modified on 2021-11-18 12:29:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts