‘मेडिकल सिटी’ भरतपुरमा बच्चाको फिजियोथेरापी सहितको ‘नानी बाबु बाल क्लिनिक’ सञ्चालन



Download our app to get more features

चितवन, १ मंसिर । ‘मेडिकल सिटी’ भरतपुरमा बच्चाको फिजियोथेरापी सहितको ‘नानी बाबु बाल क्लिनिक’ सञ्चालनमा आएको छ ।  चितवनका विज्ञ चिकित्सक टोलीले भरतपुरस्थित हस्पिटल रोडमा बुधवारदेखि सो क्लिनिक सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमकावीच चितवनका वरिष्ठ बाल रोग विशेषज्ञ डा. विजयमान कायस्थले उक्त क्लिनिकको उद्घाटन गरेका हुन् ।

क्लिनिकका वरिष्ठ बाल रोग विशेषज्ञ डा. ओम कृष्ण पाठकले क्लिनिकमा नेपाल सरकारद्वारा निःशुल्क उपलब्ध गराएको बाहेकको खोप सेवाहरू दिने, हरेक नवजात शिशु तथा नानीबाबुहरूले गर्ने पर्ने श्रवण शक्तिको जाँच गर्ने, बाल दमको निदान र उपचारको लागि जर्मन टेक्नोलोजीद्वारा फोक्सोको जाँच गरिने, सुस्त विकास भएका नानी बाबुहरूको लागि बाल फिजियोथेरापीमा विशेष तालिमप्राप्त फिजियोथेरापिस्टद्वारा फिजियोथेरापी सेवा प्रदान गरिने जानकारी दिए ।

त्यस्तै, विशेष प्रविधिद्वारा रगत ननिकालि जन्डिसको जाँच गरिने, नानीबाबुहरूको पोषण सम्बन्धी विशेष जाँच तथा परामर्श दिने, स्तनपान सम्बन्धी विशेष परामर्श दिने, गर्भावस्थामा शिशुमा देखिएको समस्याको परामर्श दिने, जन्मजात नवजात शिशुमा देखिन सक्ने समस्याहरूको जाँच गर्ने,  अन्य सम्पूर्ण नवजात शिशु तथा नानीबाबुहरूको समस्याको उपचार गर्ने, नानीबाबुको दाँतको समस्याको समेत उपचार गरिने डा. पाठकले बताए । 

‘नानी बाबु बाल क्लिनिक’ चितवनमै बच्चाको उपचार गर्ने विशेष बाल उपचार केन्द्रको रूपमा विकास गरिने उनले जनाए । डा. पाठक भरतपुर अस्पतालका नवजात शिशु तथा बाल सघन उपचार विशेषज्ञ हुन ।

Last modified on 2021-11-18 19:47:29

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts