मधुमेहबाट जोगिऔ भन्दै भक्तपुरमा र्याली
भक्तपुर, ३० कात्तिक । विश्व मधुमेह दिवस को अवसरमा भक्तपुर हर्ड एण्ड डाइविटिज सेन्टरलगायतको संयुक्त आयोजनामा भक्तपुरमा डाइविटिज र्याली निकालिएको छ ।
भक्तपुर हर्ड एण्ड डाइविटिज सेन्टरले शाखा कार्यालय सूर्यविनायकबाट र्याली सुरु गरिएको थियो । र्यालीले भक्तपुर नगर पुरै परिक्रमा गरी पार्टी भेन्यु सूर्यविनायमा पुगेर टुंगिएको थियो । उक्त कार्यक्रममा लायन्स क्लव अफ डिष्ट्रिक ३२५ ए टुका गभर्नर केशव पाण्डे र भाष्ट प्रेसिडेण्ड गभर्नर केपी अवालले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।
भक्तपुर हर्ड एण्ड डाइविटिज सेन्टरसहित लाइन्स क्लव अफ भक्तपुर हर्ट एण्ड डाइविटिज सेन्टर, लायन्स क्लव अफ भक्तपुर फर्मासिष्ट, लायन्स क्लव अफ भक्तपुर डक्टर, लान्यस क्लव अफ भक्तपुर नर्स र लियो क्लव अफ भक्तपुर हर्ट एण्ड डाइविटिज सेन्टरको संयुक्त आयोजनामा र्याली निकालिएको थियो ।
आम मानिसहरुलाई डाइविटिजकोबारे जानकारी दिन र्याली निकालिएको जनाइएको छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाति भन्ने भनाईका साथ र्याली निकालिएको भक्तपुर हर्ड एण्ड डाइविटिज सेन्टरका वीरेन्द्रभक्त प्रधानांगले जानकारी दिए ।
र्यालीमा स्वप्नशिल बचत तथा श्रृण सहकारी संस्था लिमिडेड, भक्तपुर जेसिस, लायन्स क्वल अफ भक्तपुर तलेजूलगायतका सम्वन्धित व्यक्तिहरु सहभागी भएको थियो । कार्यक्रम मेडिको फर्मास्युटिकल्स काठमाडौं र वर्क हर्ट फर्मास्युटिकल्स काठमाडौलगायतको सहयोगमा सम्पन्न भएको थियो ।