दैनिक रूपमा आत्महत्या गर्नेको संख्या बढ्दो : राज्यमन्त्री खापुङ
काठमाडौं, ३० कात्तिक । स्वास्थ्य तथा राज्यमन्त्री भवानीप्रसाद खापुङले आत्महत्या गर्नेको संख्या बढ्दै गएको बताएका छन ।
आज धुलिखेलमा आयोजित आत्महत्या रोकथाममा आमसञ्चारको भूमिका कार्यक्रममा बोल्दै उनले नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको बताएका हुन ।
उनले हाम्रो समाजमा विभिन्न घरेलु समस्याका कारण आत्महत्या गर्ने देखिएको बताएका छन् ।
त्यस्ता आत्महत्या गर्नुको कारणहरूको गहिरो अध्ययन गरि त्यसको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
आत्महत्या रोक्नका लागि गर्नुपर्ने कार्यक्रमहरूको बारेमा मन्त्रालयमा छलफल भईरहेको र त्यस्ता कार्यक्रमहरू प्राथमिकता राखेर गर्ने पनि उनले बताए ।
Last modified on 2021-11-16 12:16:58