पाँच जना स्वास्थ्यका कर्मचारी १२ औं तहमा बढुवाका लागि सिफारिस, को-को छन् सूचीमा ?



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका पाँच जना कर्मचारी १२ औं तहमा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमवार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो । 

कार्य सम्पादन र दुर्गम बसेको आधारमा मूल्याङ्कन गर्दै समितिले पहिलो नम्बरमा भेरी अस्पतालका पूर्व निर्देशक डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, तेस्रो नम्बरमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी, चौथो नम्बरमा थापाथली प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्रा र पाँचौं नम्बरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीलाई सिफारिस गरेको हो ।

समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषदमा पठाइने छ । मन्त्रिपरिषदले पाँच जना मध्ये तीन जनालाई १२ औं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नेछ ।

Last modified on 2021-11-16 12:16:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts