जाडोमा ओठ फुट्ने समस्याबाट हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्
चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ । ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् ।
ओठ फुट्ने कारण
– चिसो तथा सुख्खा मौसम
– हरियो सागसब्जी तथा फलफूल नखाँदा
– पानीको मात्रा कम भएर
– कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउँदा
– बारम्बार जिब्रोले ओठ चलाउँदा
– जाँडरक्सी र चुरोट धेरै खाँदा
रोकथामका उपाय
– घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ ।
– जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
– बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन ।
– समय–समयमा ओठमा लिप बाम लगाउने गर्नुपर्छ । भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ ।
– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ ।
– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।