गत २४ घन्टामा देशभर थप १ जनाको कोरोनाका कारण मृत्यु, २ सय ७० जना स्वस्थ
काठमाडौं, २९ कात्तिक । नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये १ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ४ सय २ कोरोना परीक्षण गर्दा ४ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख १७ हजार ३ सय ३३ र एन्टीजेन विधिबाट ९५ हजार १ सय ३६ जनामा कोरोना देखिएको छ ।
गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ७० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ७ लाख ९८ हजार ५ सय ४४ पुगेको छ ।