नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै, थपिए २ सय ९५ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७१ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ८ हजार २ सय ४३ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार २ सय २५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय १ जना र ३ सय १ एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख १६ हजार ६ सय ७५ र एन्टीजेन विधिबाट ९५ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ४ सय ७८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ हजार ९ सय २६ पुगेको छ । 

हाल देशभर ७ हजार २ सय ७८ सक्रिय संक्रमित रहेका छन् । 

Last modified on 2021-11-14 08:56:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts