माओवादी अध्यक्ष प्रचण्ड अस्वस्थ, भेटघाट बन्द
काठमाडौं, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन्।
उनी अस्वस्थ भएपछि आज महोत्तरी जाने कार्यक्रम स्थगित गरिएको छ। पछिल्लो समय पार्टी कार्यक्रमका सिलसिलामा देश दौडाहामा रहेका प्रचण्ड आज शनिबार महोत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जाने तयारी थियो।
अहिले उनी चिकित्सकको निगरानीमा घरमै आराम गरिरहेका र भेटघाटका कार्यक्रम बन्द गरिएको उनको निजी सचिवालयले जनाएको छ।
Last modified on 2021-11-14 08:57:25