चिकित्सा शिक्षा शास्त्र तर्फ स्नातक तहको विद्यार्थी भर्ना कार्यतालिका सार्वजनिक



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विद्यार्थी भर्ना कार्यतालिका सार्वजनिक गरेको छ ।

जस अनुसार अब विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाले विद्यार्थी भर्ना गर्न पाउनेछन् ।

सार्वजनिक कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना शुक्रबारबाट खुलेको छ । पहिलो भर्नाको काम मङ्सिर २ गतेसम्म रहेको छ । त्यसपछि दोस्रो भर्ना मङ्सिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मङ्सिर १३ देखि १७ गतेसम्म हुनेछ ।

यस्तै आयोगले कक्षा सञ्चालन हुने कार्यतालिका पनि सार्वजनिक गरेको छ । जस अनुसार मङ्सिर १९ गतेबाट कक्षा सुरु गर्न भनेको छ ।

यस्तो छ आयोगले सार्वजनिक गरेको कार्यतालिका :

Last modified on 2021-11-13 13:26:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts