कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापा



Download our app to get more features

काठमाडौं,२५ कात्तिक। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा डा. निरेश थापालाई जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहीबार मन्त्री स्तरिय निर्णय गरेर डा. थापालाई निमित्त कार्यबहाकको जिम्मेवारी दिएका हुन् ।

यसअघिका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति रहेका मन्त्री खतिवडाले मंगलबारदेखि दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका थिए।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति) स्तरको निर्णयानुसार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्ति उपकुलपतिको जिम्मेवारी दिइएको छ,’ पत्रमा भनिएको छ।’

Last modified on 2021-11-12 13:49:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts