गत २४ घन्टामा ३ सय १७ जनामा संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु 



Download our app to get more features

काठमाडौं,२५ कात्तिक । गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १२ हजार ६ सय ५३ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ६ सय ९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय १ र ३ हजार ४४ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप २ सय ७९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।

त्यसैगरी गत २४ घन्टामा देशभर ४ हजार ५ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

Last modified on 2021-11-12 10:14:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts