विदेश जाने टिकट खोप लगाएको प्रमाणपत्र लिएपछि काट्न मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं,२५ कात्तिक । विदेश जाने टिकट खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र काट्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिने जनाएको छ । अनलाइनमार्फत फारम भर्न   https://vaccine.mohp.gov.np/public-request-form  मा गएर भर्न सकिन्छ । 

फारम भर्नका लागि परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ ।

आवेदन भरिसकेपछि २४ देखि ४८ घण्टामा आवेदन स्वीकृति वा अस्वीकृति हुन्छ । आफ्नो आवेदनको अवस्था बारेमा पनि अनलाइनबाटै बुझ्न सकिन्छ । आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी खोज्नपर्छ । 

आवेदन स्वीकृति भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिन्छ । आवेदन अस्वीकृति भएमा विवरण सच्चाएर फेरि पेस गर्न सकिन्छ । आवेदन दिएको धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाको लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिन्छ । 

विद्युतीय माध्यमबाट प्राप्त खोप प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts