चितवनको १ पालिका कोरोना संक्रमणमुक्त, जिल्लामा संक्रिय संक्रमितको संख्या ३ सय नजिक



Download our app to get more features

चितवन,२४ कार्तिक । चितवनमा सातवटा मध्ये एकवटा स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार राप्ती नगरपालिका सोमबारदेखि कोरोना संक्रमणमुक्त भएको हो ।

कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?

जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामना भने संक्रिय संक्रमितको संख्या एकजना मात्रै छ ।
 
यसैगरी मंगलबारसम्मको तथ्याङ्क अनुसार जिल्लाका ३ वटा स्थानीय तहमा सक्रिय संक्रमितको संख्या १५ भन्दा कम छ । ती स्थानीय तहमा खैरहनी नगरपालिकामा १४, कालिका नगरपालिकामा १२ र माडी नगरपालिकामा ८ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा २ सय ३३ जना छन् । त्यस्तै, रत्ननगर नगरपालिकामा २६ जना संक्रिय संक्रमित रहेका छन् । यसरी जिल्लाभर मंगलबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या २ सय ९४ रहेको छ । त्यसमध्ये २ सय ८१ जना होम आइसोलेसन र १३ जना अस्पताल भर्ना भई उपचाररत् रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

२६ हजारबढी निको भए, ४ सय २८ जनाको मृत्यु

यो सहित जिल्लाभर अहिले कोरोना संक्रमित हुनेको कुल संख्या २६ हजार ७ सय ५७ पुगेको छ । संक्रमित हुनेमा १४ हजार ३ सय ८२ जना पुरूष र १२ हजार ३ सय ६१ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २६ हजार ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय २८ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-11-10 14:13:12

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts