धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु
धनगढी, २३ कात्तिक । सेती अस्पतालमा उपचाररत धनगढीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
उपमहानगरपालिकाको वडा नम्बर ५ का ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा १०७ नमूना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। हाल अस्पतालमा २ संक्रमितको उपचार भइरहेको छ।
Last modified on 2021-11-09 15:13:26