बच्चा तनावमा भएको कसरी थाहा पाउने ? यी कुरामा ध्यान दिनुहोस्
विभिन्न अध्ययन प्रतिवेदनका अनुसार भारतमा करिब १ दशमलव ६ प्रतिशतदेखि १२ दशमलव २ प्रतिशतसम्म बच्चामा ध्यानको कमी भएको समस्या पाइन्छ । अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर अर्थात् ध्यानको कमी र अत्यधिक सक्रियता सम्बन्धी रोगलाई एडीएचडी भनिन्छ । एडीएचडीको समस्या त्यस्ता परिवारमा बढी हुन्छ जहाँ तनावको वातावरण रहन्छ र पढाईंमा बढी ध्यान दिन जोड दिइन्छ ।
इन्डियन मेडिकल एशोसिएसन (आईएमए) का अनुसार, एडीएचडीको समस्या प्रायजसो प्री स्कूल वा एलकेजीमा अध्ययन गर्ने बालबालिकामा बढी हुन्छ । केही बच्चामा एडीएचडीका कारण किशोरावस्थामा पुगेपछि समस्या आउन सक्छ । साथै वयस्कमा पनि यो समस्या हुन सक्छ । एडीएचडी भएका बच्चा बढी सक्रिय र केही अन्य व्यवहारगत समस्या दर्शाउन सक्छन् । उनीहरूको हेरचाह गर्नु र केही सिकाउन कठिन हुन्छ । उनीहरू स्कूलमा पनि घुलमिल गर्न सक्दैनन् र अतिरिक्त क्रियाकलापमा पनि सहभागि हुन सक्दैनन् । यो अवस्थालाई सुरुको समयमा नै सुभार गर्न सकिएन भने जीवनभर सताई राख्छ ।
एडीएचडीको कुनै उपचार छैन । तर, उनीहरूले देखाउँने व्यवहारमा लक्षण कम गर्न र यस्ता बच्चाको कार्यप्रणालीमा सुधारको उपाय अपनाउँन सकिन्छ । केही उपचारको विकल्पमा औषधि, मनोचिकित्सा, शिक्षा वा प्रशिक्षण वा यी सबैको मिश्रण हुन सक्छ । टिभी धेरै हेर्नु, गरीबी वा फुड एलर्जीले एडीएचडी हुँदैन ।
शिक्षा, समर्थन र रचनात्मकताले यस्ता बच्चामा एडीएचडी हुनबाट रोक्नमा धेरै सहयोगी हुन्छ । यद्यपि, एडीएचडी भएका बच्चासँग राम्रोसँग प्रस्तुत हुनु गाह्रो हुन्छ । तर, समयलाई प्राथमिकता दिँदै र प्रत्येक काम समयअनुसार गर्नाले स्थिती नियन्त्रणमा ल्याउन मद्दत पुग्छ । आमा–बुबाले सँधै ध्यान दिनुपर्छ कि एडिएचडीले गर्दा कतै तपाईँको बच्चाको बुद्धि वा क्षमतामा कमी त आएको छैन । बच्चाको शक्तिको पत्ता लगाउनु र राम्रो परिणामका लागि उनको शक्ति र क्षमतालाई ध्यानमा राख्नु पनि जरुरी हुन्छ ।
एडीएचडी भएका बच्चाको देखभाल गर्ने उपाय :
रुटिन बनाउने :
स्पष्ट रुपले काम गर्ने समय तालिका बनाउने । जसले गर्दा बच्चासँग कस्तो व्यवहार गर्ने भन्ने बारेमा सबैले थाहा पाउन ।
पुरस्कार र उपहार :
राम्रो काम गरेबापत समयसमयमा उनलाई पुरस्कार र उपहार दिनुपर्छ । बालबालिकाको राम्रो काम बापत प्रसंशा र सकारात्मक प्रतिक्रिया दिनाले व्यवहार राम्रो बनाउन सकिन्छ ।
चेतावनीको संकेतमा ध्यान दिने :
बालबालिकाले आफूमाथिको नियन्त्रण गुमाउन थाले त्यसमाथि ध्यान दिने र उसलाई अन्य कुनै गतिविधिमा व्यवस्त बनाउने ।
साथीहरूलाई बोलाउने :
बालबालिकालाई समाजमा वा स्कूलमा घुलमिल गराउन घरमै उसको साथीहरूलाई बोलाउने । तर, ध्यान दिनु पर्छ की उसले आफ्नो नियन्त्रण नगुमाओस् ।
निद्रामा ध्यान दिने :
आफ्नो बच्चालाई राम्रो निद्रामा सुत्न दिने । सुत्नु भन्दा पहिले उसलाई कुनै रमाइलो गतिविधिमा व्यस्त गराउने ।
(एजेन्सीको सहयोगमा)