बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव



Download our app to get more features

 म्याग्दी,२१ कात्तिक । बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ ।

पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन । फरक–फरक ठाउँमा अस्थायी संरचना बनाएर सघन उपचार, डायलायसिस, कोभिड र बालरोग उपचार कक्ष थपेर ६४ शय्याको सेवा सञ्चालन गरेको छ । अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारका भएका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले जानकारी दिए । “नौ चिकित्सक र सात स्टाफ नर्सले छ वार्ड चलाउनुपरेको छ”, उनले भने, “सबै दरबन्दीको पदपूर्ति नहुँदा कार्यरत चिकित्सक र नर्सलाई कार्यबोझ परेको छ ।”

अस्पतालमा हाल स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “आईसीयू कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एकरएक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्छ”, उनले भने, “अस्पतालमा हाल मौजुदामध्य थप छ जना चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ ।”

Last modified on 2021-11-07 16:48:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts