नवलपुरमा नि:शुल्क क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा (फोटो फिचर)



Download our app to get more features

नवलपरासी, १९ कात्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु अस्पताल हाता भित्र निर्माण सम्पन्न भएको १५ शैय्याको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा आएको छ । बुधबार विशेष समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन गरेपछि सो केन्द्र सञ्चालनमा आएको हो ।

No description available.

उक्त केन्द्रको नयाँ भवन दामियन फाउण्डेशन बेल्जियमको सहयोगमा गत बैशाखमै निर्माण सम्पन्न भएको थियो । तर कोभिड १९ को दोस्रो ‘वेव’ देखा परेपछि अस्पतालले सो नयाँ भवनलाई कोभिड आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरेको थियो ।

No description available.

फाउण्डेशनका देशीय प्रतिनिधि डा. सुशील कोइरालाका अनुसार उक्त केन्द्र निर्माणका लागि करीब दुई करोड रुपैयाँ खर्च भएको छ ।

‘फ्रिफ्याव मोडल’मा ६ वटा व्लकमा तयार गरिएको उक्त भवनहरु  दुई वर्ष अघि नेपाल भ्रमणमा आएका बेला वेल्जियमकी राजकुमारी अष्ट्रिड र गण्डकीका तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

No description available.

डा. कोइरालाले २५ शैय्या क्षमताको उक्त भवनमा अहिले १५ शैय्या सञ्चालनमा ल्याइएको बताए । उनले उक्त केन्द्रमा एमडीआर टीवीका बिरामीहरुको आवासीय रुपमा निशुल्क उपचार हुने जानकारी दिए । 

राष्टिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद साहले जिल्ला अस्पतालको हातामा सञ्चालित क्षयरोग प्रेषण केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्नका लागि खासगरी प्रदेश तथा स्थानीय तह लाग्नुपर्ने बताए । उनले संघ तथा केन्द्रबाट गर्नुपर्ने सहयोग गर्न आफूहरु तयार भएको बताए ।

अस्पतालका मेसु डा वीरबहादुर थापाले अस्पतालको विस्तारित सेवा अन्तरगर्त नयाँ प्रेषण केन्द्र सञ्चालनमा आएको भन्दै जनतालाई उपचारमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सामान्य क्षयरोगको उपचारका लागि सरकारले ओषधिहरु निशुल्क गरेको छ । तर आवासीय उपचार र जटिल विरामीका लागि चाहिने औषधिका लागि कतिपय ठाँउमा विरामीले समेत खर्च तिर्नुपर्ने अवस्था रहेको छ ।

No description available.

फाउण्डेशनले नयाँ प्रेषण केन्द्रमा आवासीय उपचार सम्पूर्ण रुपमा निशुल्क हुने बताएको छ । यस केन्द्रमा गण्डकी लुम्बिनी र बागमती प्रदेशका कतिपय जिल्लाका बिरामीहरुले सहज रुपमा उपचार सेवा लिनसक्ने विश्वास गरिएको छ ।

 

Last modified on 2021-11-06 06:42:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts