स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन स्वास्थ्य मन्त्रीको आग्रह
काठमाडौं,१९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन आग्रह गरेका छन् ।
शुभ दिपावली,नेपाल सम्वत ११४२ र छठ पर्वको शुभकामना दिदै मन्त्री खतिवडाले स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाऔं र नेपाललाई छिट्टै कोरोना मुक्त बनाऔं भनेका छन् ।
उनले शुभकामनामा स्वदेश तथा विदेशमा रहेका सबै महानुभावहरुमा सुख, शान्ति,सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।
Last modified on 2021-11-06 06:42:43