चिनले अनुदानमा दिएको १६ लाख डोज खोप नेपाल आइपुग्यो
काठमाडौं,१७ कात्तिक । चिन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको १६ लाख डोज खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच चीनले नेपाललाई खोप हस्तान्तरण गरेको हो ।
खोप हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री विरोध खतिवडाले खोप सहयोगका लागि चिन सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । उनले प्राप्त भएको खोप लक्षित जनसंख्यालाई लगाउने गरी योजना बनीसकेको पनि बताए ।
चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् । चीनले यसअघि पनि नेपाललाई अनुदानमा भेरोसेल खोप दिइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म आएको खोप गरी चिनबाट जम्मा ३४ लाख डोज खोप अनुदानमा प्राप्त भएको छ ।
Last modified on 2021-11-04 07:16:28