नगरप्रमुख पण्डितद्वारा त्रिशूली अस्पताललाई सेनेटरी प्याड र प्याडभेन्डिङ मेसिन हस्तान्तरण
नुवाकोट, १७ कात्तिक । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले त्रिशुली अस्पताललाई सहयोग स्वरुप सेनेटरी प्याड सहित सेनेटरी प्याडभेन्डिङ मेसिन हस्तान्तरण गरेका छन् ।
नगर प्रमुख पण्डितले महिलाहरुलाई महिनावारी भएका बेलामा अस्पतालका बिरामी, बिरामी कुरुवा तथा अस्पतालका कर्मचारीहरुलाई सजिलो होस् भन्ने उदेश्यले सेनेटरी प्याड मेसिन भेन्डिङ वितरण गरिएको बताएका छन् ।
उनले अस्पताललाई १६ हजार पिस सेनेटरी प्याड वितरण गरेको बताएका छन् । उनका अनुसार महिनावारीको समयमा अस्पतालमा आँउदा होस या बिरामी कुर्दाको अवस्थामा यदि कोहि महिनावारी भएर प्याडको आवश्यक पर्दा नपाईरहेको अवस्था र तत्काल आवश्यक पर्दा पनि जतिखेर पनि उपलब्ध हुने सेनेटरी प्याड सहित भेन्डिङ मेसिन सहित वितरण गरिएको जानकारी दिए ।
साथै उनले आफनो नगरपालिकामा सुविधा सम्पन्न यति राम्रो अस्पताल हुँदा जनताले आफ्नो उपचार गराउन धाएर काठमाडौं जान पर्नि बाध्यतालाई कम गर्ने उदेश्य सबै नेतृत्वले राख्नुपर्ने समेत जोड दिएका छन् ।उनले अझै अस्पतालमा आएका बिरामीहरुका लागि उपचारमा कुनै कमि नहोस् भन्दै हरेक उपचारको प्रक्रियामा सुदृढीकरण गर्दै अझै सुविधासम्पन्न अस्पताल बनाउन सबैको पहल हुनुपर्ने बताएका थिए ।
विदुर नगरपालिकाको सहयोग र नगर प्रमुख पण्डितको पहलमा अस्पतालमा आएका बिरामी, बिरामी कुरुवा र अस्पतालमा कार्यरत कर्मचारी महिलाहरुका लागि महिनावारी भएको अवस्थामा प्रयोग गर्ने सेनेटरी प्याड र प्याड उपलब्ध हुने भेन्डिङ मेसिन सहित अस्पताललाई वितरण गरिएको अस्पतालका डा.दिपेन्द्र पाण्डेले जानकारी दिए ।
डा. पाण्डेले अस्पतालमा आएका महिला सेवाग्राहीहरु लगाएत अन्य काममा अस्पतालमा उपस्थित भएका महिलाहरुको लागि सेनेटरी प्याड र भेन्डिङ मेसिन सहयोग गरिदिएकोमा नगरपालिका कार्यलय र नगर प्रमुख पण्डितलाई धन्यवाद दिँदै उपचारमा आउने हरेक महिलाहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने बताए ।