आज २३ औं राष्ट्रिय आरोग्य दिवस मनाइँदै
काठमाडौं, १६ कात्तिक । आज २३ औं राष्ट्रिय आरोग्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा आयूर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आरोग्य प्राप्ति, सुख एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेको छ ।
विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले गत वर्ष २१८ वटा नागरिक आरोग्य केन्द्रहरू स्थापना गरेको र यो वर्ष थप ८१ वटा नागरिक आरोग्य केन्द्र स्थापना गर्न लागिएको बताए ।
त्यस्तै उनले ७ वटै प्रदेशहरुमा योग तथा बयाम शालाहरु निर्माणको कार्य पनि अगाडि बढाएको बताए । स्वास्थ्य जीवनशैलीका लागि आयूर्वेदका कुराहरू अपनाउनु पर्नेमा उनको जोड थियो ।
विभागले राष्ट्रिय आरोग्य दिवसको अवसरमा देशैभरिका विभिन्न आयुर्वेद संस्थाहरूमार्फत विविध कार्यक्रमहरू गर्दै छ ।
Last modified on 2021-11-02 13:26:08