गत २४ घन्टामा ५ सय १८ जना स्वस्थ हुँदा ४ सय ८ संक्रमित थपिए
काठमाडौं,१४ कात्तिक । गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ९ हजार ८ सय ९९ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार ७ सय ३१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ७६ र २ हजार १ सय ६८ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ५ सय १८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ९१ हजार ७ सय ८७ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ३८ हजार ५ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।