माल्दिभ्सले दिएको २ लाख डोज एस्ट्राजेनेका खोप आज बेलुकी आइपुग्ने
काठमाडौं, १४ कात्तिक । नेपाललाई माल्दिभ्स सरकारले उपहार स्वरूप उपलब्ध गराउने घोषणा गरेको २ लाख १ हजार ६० डोज एस्ट्राजेनेका खोप आज बेलुकी ८:१५ बजे काठमाडौं आइपुग्ने भएको छ।
यसअघि दिउँसो एक बजे आउने बताइए पनि खोप आउने समय तालिका बेलुकी आठ बजे पुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए । । कतार एयरको नियमित उडानबाट बेलुकी आइपुग्न लागेको हो।
माल्दिभ्सले यो खोप उपहार स्वरूप पठाउन लागेको हो। यसअघि सार्क सदस्य भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप नेपालले उपहारस्वरूप प्राप्त गरेको छ ।
Last modified on 2021-11-01 12:32:37