धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

धनगढी,१४ कात्तिक ।  सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

धनगढी उप महानगरपालिका ७ का ८८ वर्षीय पुरुषको उपचारको क्रममा सेती अस्पतालमा मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि कोरोना परिक्षण नगरिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts