ललितपुरमा आजदेखि ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइँदै



Download our app to get more features

काठमाडौं,१४ कात्तिक । ललितपुर महानगरमा आजदेखि ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइँदै छ । महानगरले ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको  खोप (पिसिभी १३) दिन लागेको हो । 

आजदेखि १७ कात्तिकसम्म २९ वटै वडामा पहिलो चरणको खोप अभियान सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । खोप लगाउन महानगरले  तोकिएको दिनमा तोकिएको वडाका खोप केन्द्रमा नागरिकता वा वडा कार्यालयले सिफारिस पत्र लिएर जान अनुरोध गरेको छ ।

महानगरपालिकाले पहिलो चरणमा ७४ माथिकालाई खोप लगाईसकेपछि ७० देखि ७३ बर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने समेत जानकारी दिएको छ ।

Last modified on 2021-10-31 10:23:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts