'दाङको लमहीमा प्रादेशिक ट्रमा सेन्टरको निमाण गरिने'
दाङ, १४ कात्तिक। लुम्बिनि प्रदेशको स्थायी राजधानी भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीलाई स्थरबृद्धि गर्दै सुविधासम्पन्न ५० शैयाको अस्पताल बनाउन निमार्ण प्रक्रिया शुरु भएको छ ।
स्वास्थ्य चौकीलाई स्थरबृद्धि गर्दै लुम्बिनि प्रदेश सरकारले शुक्रबार प्रस्तावित भालुवाङ अस्पतालको रुपमा सेवा शुभारम्भ गरेको छ । प्रस्तावित भालुवाङ अस्पतालको लुम्बिनि प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका छन् । उक्त अस्पताल लुम्बिनि प्रदेशको राजधानी क्षेत्रका लागि मात्र नभइ सिङ्गो प्रदेशको रुपमा स्थापित गरिने मन्त्री थारु बताए ।
‘प्रदेश सरकारले सबै नागरिकको स्वास्थ्य सेवाको पहुँच पुर्याउन वडातहदेखि माथिल्लो तहसम्म विशेषज्ञ सेवा दिने छ” मन्त्री थारुले भने ‘यसमा कुनै शंखा गर्नुपर्दैन उपचार सेवाको ग्यारेन्टी हामी गर्छौ ।” मन्त्री थारुले दाङको लमहीमा प्रादेशिक ट्रमा सेन्टरको तिहार लगत्तै सिलन्याससमेत गरिने बताए ।
प्रस्तावित भालुवाङ अस्पतालका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन समेत भइसकेको लुम्बिनि प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण सचिव डा. बिकास देवकोटाले बताए । उनले भने उक्त बजेटले अस्पतालको स्थरबृद्धिका रुपमा विकास गर्दै जग्गा प्राप्ती र अस्पतालको प्रक्रिया पुरा गरिने छ । ‘सेवा विस्तार गर्दै जानुस् मन्त्रालयले बजेट उपलब्ध गराउदै जान्छ” सचिव डा. देवकोटाले भने ‘अब यो अस्पाताल निमार्ण कार्य कसैले रोेकेर रोकिदैन ।”
प्रस्तावित अस्पतालमा निक साइमन इन्स्टिच्यूटले विशेष सहयोग गर्ने निक साइमन इन्स्टिच्यूटलका निर्देशक डा. कासिम शाहले बताए । देउखुरी क्षेत्रले स्वास्थ्य उपचारमा फड्को मार्ने बताउदै डा। साहले भने अस्पतालको सेवा बृद्धि गर्न निक साइमनले अस्पतालमा चिकित्सकसहित उपकरणसमेत सहयोग गर्ने छ । आगामी वर्षदेखि आकस्मीक शल्यक्रिया, एयेन्डीसाइट, प्रसूतीको शल्यक्रियालगायतको सेवा विस्तार गर्ने निर्देशक डा. शाहले बताए ।