भरतपुर अस्पतालमा अब अनलाइनबाटै टिकट, कसरी लिन सकिन्छ ?



Download our app to get more features

 

चितवन, १२ कात्तिक । भरतपुर अस्पतालमा कात्तिक १४ गते आइतबारदेखि अनलाईन ओपीडी टिकट सुरु हुने भएको छ ।

अनलाईन टिकट आफूलाई पायक पर्ने समयमा अस्पतालको वेवसाइट www.bharatpurhospital.gov.np र मोबाईलमा Mediflow Solution App बाट आफ्नो व्यक्तिगत विवरण भरी लिन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालमा आउँदा टिकट प्रिन्ट नलिई आउनेले १ नं. OPD टिकट काउन्टरमा ११:०० बजे सम्पर्क गर्न अस्पतालले जानकारी दिएको छ ।

अनलाईन टिकट बुकिङको सुविधा ३० रुपैंया शुल्क तिरेर लिन सकिने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

No description available.

No description available.

Last modified on 2021-10-29 16:17:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts