पक्षघात भनेको के हो ? पक्षघातका लक्षणहरु के के हुन ?
काठमाडौं,१२ कात्तिक । मस्तिष्कको कुनै पनि भागमा रगत आपूति बन्द हुनुलाई स्ट्रोक अर्थात पक्षघात भनिन्छ ।
पक्षघातका लक्षणहरु पहिचान गरी तुरुन्तै अस्पताल गएमा ज्यान जोगाउन तथा अपाङ्गता हुने सम्भावना कम गर्न सकिन्छ ।
पक्षघात के कारणले हुन्छ ?
- मानसिक तनाव
- मदिरा पान
- अस्वस्थ जीवन शैली
- उच्च रक्तचाप
- धुम्रपान
पक्षघातका लक्षणहरु
- एकापट्टिको मुख बाङ्गो हुनु ।
- शरीरको एक पाटो झमझमाउनु वा कमजोर भएको महसुस हुनु
- बोलि लरबरिनु वा बोल्न नसक्नु ।
Last modified on 2021-10-29 12:13:53