ललितपुरमा कात्तिक १४ गतेदेखि ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने



Download our app to get more features

काठमाडौं,१२ कात्तिक । ललितपुर महानगरपालिकामा कात्तिक १४ गतेदेखि निमोनियाविरुद्धको  खोप दिइने भएको छ । महानगरले ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको  खोप (पिसिभी १३) दिने भएको हो । 

महानगरले एक सूचना जारी गर्दै नेपाली नागरिकता प्रमाण पत्र र वडा कार्यालयबाट प्रमाणित भई आएको नामावलीको आधारमा  ज्येष्ठ नागरिकलाई खोप दिइने  जनाएको छ । 

कात्तिक १४ देखि १७ गतेसम्म २९ वटै वडामा पहिलो चरणको खोप अभियान सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। नगरपालिकाले तोकिएको दिनमा तोकिएको वडाका खोप केन्द्रमा नागरिकता वा वडा कार्यालयले सिफारिस पत्र लिएर जान अनुरोध गरेको छ ।

Last modified on 2021-10-29 16:09:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts