देशभर ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ सय ६४ संक्रमित निको
काठमाडौं, ११ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३ सय ५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ जनाको पिअिसार परीक्षण गर्दा ५ सय २७ र २ हजार ५ सय ७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर ६ सय ६४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
देशभर १० हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख एक हजार ४ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।