बालबालिकाका लागि आएको फाइजर खोप कुन–कुन अस्पतालबाट लगाइन्छ ? यस्तो छ सूची



Download our app to get more features

काठमाडौं, ११ कात्तिक । अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई लगाउने सरकारले तयारी गरिरहेको छ ।

अन्य खोपको तुलनामा फाइजर खोप लगाउने तरिका फरक भएका कारणले सरकारले तालिम पश्चात सम्भवतः कात्तिक २८ गतेदेखि लगाउने तयारी गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक २८ गतेबाट सुरु भएर मङ्सिर ३ गतेसम्म देशभरका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइसकिनेछ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको फाइजरको खोप १ लाख ६ सय २० मात्रा मात्रै रहेकाले विशेषगरी १२ वर्षदेखि १८ वर्ष मुनिका दीर्घ रोगीहरूलाई लगाइने मन्त्तालयले जनाएको छ । जसमा मुटुरोगी, दमका रोगी, क्यान्सर, मिर्गौला लगायतका रहनेछन् ।

खोप उपलब्धताको आधारमा १२ वर्ष माथिका बाँकी दीर्घ रोगीहरुलाई प्राथमिकतामा राखि १२ देखि १८ वर्ष मुनिका उमेर समूहका अन्य व्यक्तिहरूलाई पनि मङ्सिर ४, ५ र ६ गते खोप दिने मन्त्रालयको योजना छ । जसका लागि अमेरिकासँग थप १ करोड मात्रा खोप अबको १५ दिनमा नेपाल आइसक्ने स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताए ।

उनले १२ वर्षदेखि १८ वर्षमुनिका झन्डै ५० लाख बालबालिकालाई पुग्ने गरी फाइजर र मोडर्नाको खोपका लागि सरकारले बुक गरेर रकमपनि निकासा गरिसकेको बताए ।

खोपको दोस्रो मात्रा आगामी मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने बताइएको छ ।

खोप अभियान तोकिएका अस्पतालहरूमा बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुने मन्त्रालयको हालको तयारी छ । हाल आएको १ लाख ६ सय २० डोज खोप देशका विभिन्न २४ वटा अस्पतालबाट लगाइनेछ ।

फाइजर खोपका लागि तोकिएका २४ खोप केन्द्र यस प्रकार छन् :

 काठमाडौं उपत्यका बाहिर

१. मेची अस्पताल, चन्द्रगढी, झापा

२. कोशी अस्पताल, विराटनगर, मोरङ

३. वी पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी

४. गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराज, सप्तरी

५. जनकपुर अस्पताल, जनकपुर, धनुषा

६. नारायणी अस्पताल, विरगञ्ज, पर्सा

७.वी. पि. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवन

८. गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की

९. धवलागिरी अस्पताल, बाग्लुङ्ग

१०. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देही

११. भेरी अस्पताल, नेपालगञ्ज, बांके

१२. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ

१३. कर्णाली प्रादेशिक अस्पताल, विरेन्द्रनगर, सुर्खेत

१४. डडेलधुरा अस्पताल, डडेलधुरा

१५. सेती अस्पताल, धनगढी, कैलाली

त्यसैगरि खोप कार्यक्रम सञ्चालन गर्न छनौट गरिएका २४ अस्पतालहरूमध्ये ९ वटा अस्पताल काठमाडौं उपत्यकाभित्र रहेका छन् ।

काठमाडौं उपत्यका भित्र

१. वीर अस्पताल, महाबौद्ध, काठमाडौं

२. त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं

३. निजामती सेवा अस्पताल, मीनभवन, काठमाडौं

४. शहिद गङ्गालाल हृदयरोग केन्द्र, बाँसवारी, काठमाडौं

५. भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर

६. शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर

७ पाटन अस्पताल, लगनखेल, ललितपुर

८. वीरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं

९. धुलीखेल अस्पताल, धुलीखेल, काभ्रे

Last modified on 2021-10-29 10:29:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts