'स्वास्थ्य बिमा निशुल्क बनाउने मन्त्रीको योजना'



Download our app to get more features

काठमाडौं, ११ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले बिहीबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरुसँग साक्षातकार गरेका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकारहरुसँग बोल्दै मन्त्री खतिवडाले स्वास्थ्य बिमा निशुल्क बनाउने योजनामा आफू रहेको बताएका छन् । नेपाल जस्तो मुलुकका जनताको लागि स्वास्थ्य बिमा गर्न अहिले तिरिरहेको शुल्क पनि बढि भएको उनले बताएका छन् ।

हाल स्वास्थ्य बिमाको लागि प्रत्येक पाँच जना सम्मको परिवारले ३५ सय रुपैयाँ तिर्दै आएका छन् ।

अहिले स्वास्थ्य बिमामा सबै क्षेत्र र समुदायका मानिसहरू नसमेटिएको बताउँदै मन्त्री खतिवडाले लोपोन्मुख, सिमान्तकृत समुदायका मानिसहरूलाई पनि स्वास्थ्य बिमामा समेट्ने बताएका छन् ।

उनले स्वस्थ्य मन्त्रालयले नै त्यस्ता समुदायका मानिसहरूको स्वास्थ्य बिमा गर्ने बताए । 'लोपोन्मुख र सिमान्तकृत समुदायका मानिसहरूको स्वास्थ्य बिमा सरकारले नै छ', अपुग पैसाको लागि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गरेर व्यवस्थापन गर्नेछु ।' मन्त्री खतिवडाले भने ।

लोपउन्मुख जातीको मात्र स्वास्थ्य बिमा गर्न मन्त्रालय आफैंले आर्थिक व्यवस्थापन गर्न सक्ने भएतापनि सिमान्तकृत लगायत सबैको बिमा गर्न स्वास्थ्य मन्त्रालयले मात्र नसक्ने मन्त्री खतिवडाले बताए ।

आफ्नो कार्यकालमा सुरुवात गरेर आगामी ५/६ बर्ष सम्म हरेक नेपालीको स्वास्थ्य बिमा नेपाल सरकारले नै गर्न सक्ने व्यवस्था मिलाउने उनले बताए । हाल देशभर स्वास्थ्य बिमा गर्ने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बिमा गरेता पनि उपचारमा सहज र सबैखाले स्वास्थ्य सेवा र औषधि नपाउँदा सेवाग्राहीहरुले सास्ती मात्र व्यहोर्नुपरेको छ ।

Last modified on 2021-10-29 16:10:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts