शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं,११ कात्तिक । शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई कोरोना संक्रमण भएको छ । 

झाक्रीको बुधबार (हिजो)अल्का अस्पतालमा गरिएको सिटिस्कानबाट कोरोना संक्रमण  पुष्टि भएको हो । उनको छातिको एक्सरेमा फोक्सोमा निमोनिया देखिएपछि सिटिस्कान गरिएको थियो ।  चिकित्सकको सल्लाहमा उनलाई अहिले वीर अस्पतालमा भर्ना गरिएको छ । 

मंगलबार गरिएको पीसीआर टेष्टबाट उनको कोरोना नेगेटिभ आएको थियो । उनका श्रीमानलाई पनि कोरोना संक्रमण देखिएको छ। 

Last modified on 2021-10-29 16:10:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts