कोरोना खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई लगाइसक्नुपर्छ: प्रधानमन्त्री देउवा
काठमाडौं,११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन् ।
आज भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै देउवाले कोरोनाविरूद्ध खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई लगाइसक्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ, सबैलाई निशुल्क खोप लगाउने हो । अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ।’
नेपालमा अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप जम्मा २२ प्रतिशतले मात्रै लगाएका छन् ।
Last modified on 2021-10-28 15:02:10