मन्त्री झाक्री बिरामी, वीर अस्पताल भर्ना



Download our app to get more features

काठमाडौं, ११ कात्तिक । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। 

निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले  जनाएको छ।

उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। 

उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ। 

Last modified on 2021-10-28 12:43:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts