भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा कृष्ण पौडेल भारी मतले विजयी



Download our app to get more features

चितवन, ११ कात्तिक । चितवनस्थित भरतपुर केन्द्रीय अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा कृष्ण पौडेल (कृष्ण प्रसाद शर्मा) भारी मतले विजयी भएका छन् ।

जम्मा २ सय ५९ मत खसेको मध्ये पौडेलले १ सय ३१ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी विष्णुप्रसाद बास्तोलाले ६२ र डा. दामोदर तिवारीले ४९ मत प्राप्त गरे । खसेको मध्ये १७ मत भने बदर भएको थियो ।

बुधवार भरतपुरमा भएको ८ औं अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिवमा शिवप्रसाद बसेल भने निर्विरोध निर्वाचित भएका छन् । युनियनको कोषाध्यक्षमा डा. प्रतिक न्यौपाने र सहसचिवमा राजनबाबु तिवारी विजयी भएका छन् । यसैगरी, सदस्यहरुमा इरिना प्रधान, बुद्धलाल गुरूङ, अनुजा खनाल र रमा रिजाल विजयी भएका प्रमुख निर्वाचन अधिकृत संजय बरालले जानकारी दिए ।

विजयउत्सवमा बोल्दै नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो विजय भनेकै समग्र कर्मचारीको विजय भएको प्रतिकृया दिए ।  उनले आफू सदैव कर्मचारी हकहित र अस्पतालको समग्र विकासको निम्ति काम गर्ने बताए । त्यसको लागि सबैको यस्तै सहयोग र साथ सदैव रहिरहने उनले विश्वास व्यक्त गरे । पौडेल यसअघि युनियनको उपाध्यक्ष थिए । सामाजिक सेवामा समेत निकै सक्रिय उनी विभिन्न संघसंस्थामा समेत नेतृत्वदायिक भूमिकामा छन् । नवगठित कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर युनियनले असार १ गते १४ औँ वार्षिकोत्सव मनाएको थियो । कोभिड महामारीको कारण त्यति बेला निर्वाचन भने हुनसकेको थिएन । त्यति बेला हुनुपर्ने निर्वाचन कोरोनाका कारण बल्ल भएको हो ।

यसअघि युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल रहेका थिए । भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहितको लागि कामगर्दै आएको साझा संस्था हो ।

Last modified on 2021-10-29 10:43:43

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts