एनएमसीको दुई वर्षको कामको समिक्षाः प्रशासनिक कामदेखि परीक्षा र प्रमाणपत्र अनलाईनबाट



Download our app to get more features

काठमाडौं, १० कात्तिक । नेपाल मेडिकल काउन्सिलले गएको दुईबर्षमा भौतिक सुधार प्राविधिक काममा  उल्लेख्य मात्रामा सुधार गरेको छ ।

विगत २ वर्षमा काउन्सिलले भौतिक सुधारका काममा काउन्सिल परिसरमा विद्यार्थीको सहजताका लागि राष्ट्रिय वाणिज्य बैंक काउन्टर, पार्किंङ (स्वचालित इलेक्ट्रोनिक गेट) सहित, प्रवेशद्वारको बाहिरी स्वरुप, लबीमा निःशुल्क कफी, आवश्यकता अनुसार अफिस समयमा पदाधिकारी भेट्न पाउने, वेवसाइट मार्फत उजुरी गर्न पाउने लागायत पक्षमा सुधार गरेको छ । 

त्यस्तै २४ घण्टा भित्र इमेलको जवाफ, तीन कार्यदिन भित्र काम सम्पन्न, अस्थायी तथा विशेषज्ञ प्रमाणपत्र लिन बाहेक काउन्सिल आउन नपर्ने, सबै काम इमेल मार्फत, व्यवसायिक आचारका उजुरीहरुको कारवाही र अभिलेख अध्यावधिक, सबै काउन्सिल सदस्यलाई मेडिकल इथिक्स तालिम, उजुरीको व्यवस्थापन, विदेशी नागरिक चिकित्सकको व्यवसायिक काम, अनुगमन, भिषा, नविकरण सर्त, बैवाहिक सम्बन्धमा रहेका विदेशी चिकित्सकको दर्ता सहजिकरण सबै प्रकारका आवेदन र शुल्क अनलाइन सेवा मार्फत प्रदान गरी दर्ता, इलिजिविलिटी, परिचयपत्र, असल चारित्रिक प्रमाणपत्र, आदि सेवा तीन दिन भित्र प्रदान गर्ने उजुरी पेटीका, टीभी मनिटरमा बडापत्र र आवश्यक सूचना राख्ने यातायात कार्यालयमा चिकित्सकले प्रदान गर्ने प्रमाणपत्रको निगरानी राख्ने लगायतको सेवा सुचारु गरेको छ । 

साथै काउन्सिलले परीक्षा र प्रमाणपत्र सन् २०२० नोभेम्बर २७ (२०७७ मंसिर १२) देखि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा कम्प्युटरमा आधारित लाईसेन्स र विशेष परीक्षा, सुरक्षा प्रावधान र क्यूआर कोड सहितको नयाँ ढाँचाको प्रमाणपत्र र परिचयपत्र (सेल्फ भेरिफिकेशन सहित), परीक्षाको स्तरीयता र एकरुपताका लागि प्रश्नपत्र बैंक, अंकभार र प्रयोगात्मक परीक्षा, अस्थायी र स्थायी दर्ता मितिको निरन्तरता, परीक्षाको नतिजा प्रकाशन भएपछि ३० दिन भित्र आवेदन गरेमा दर्ता प्रमाणपत्रमा परीक्षा उत्तिर्ण मितिको भोलि पल्टको मिति राखेर दर्ता प्रमाणपत्र दिने, अस्थायी र स्थायी प्रमाणपत्रको मिति बिचको अन्तर हटाउने व्यवस्था  मिलाएको छ ।

काउन्सिलमा तथ्यांक तथा रेकर्डहरु काउन्सिलको वेबसाइटमा कलेजहरुको विवरण, सबै कागजपत्र र प्रमाणपत्रको डिजिटफ कपी, चिकित्सको सूची अध्यावधिक गरी एकै पोर्टलबाट परीक्षा र अन्य सेवाको आवेदन र शुल्क तिर्न सकिने व्यवस्था रहेको छ । अहिले तयार भएको पोर्टल मार्फत चिकित्सकले आवेदन गर्न पाउने व्यवस्था छ । 

त्यसैगरि काउन्सिलले २० बुँदे कार्यक्रमहरु कार्यान्वयनको क्रममा रहेको बताएको छ । 

चिकित्सकको पहिचानका लागि हस्ताक्षर र फोटो मात्र राखिएकोमा १० औंलाको छाप, फोटो, हस्ताक्षर लिने व्यवस्था गर्ने, सी।पी।डी। कार्यक्रम सञ्चालनका लागि विश्व स्वास्थ्य संगठन, राष्ट्रिय तालिम केन्द्र विश्व चिकित्सक संघ इन्टरेक्टिभ हेल्थ इन्टरनेशनल र रोयल कलेज अफ फिजिसियन एण्ड सर्जनसँगको सहकार्य
भारतीय आयुर्विज्ञान परिषद् (हालको नेशनल मेडिकल कमिसन) सँग पारस्परिक दर्ता मान्यता सम्झौता गर्ने काम कार्यन्वयनको चरणमा रहेको बताएको छ । 

स्नातकोत्तर विधाका मुख्य विषयहरू र शाखा विषयहरुको वर्गिकरण परीक्षा दिएको विषयको मात्र प्रमाणपत्र दिने र डीएम तथा एमसीएच तहको परीक्षा लिने स्नातक र स्नातकोत्तर उपाधि दर्ता भएका चिकित्सकहरुको विज्ञता अनुसारको कार्यविभाजन गर्ने  जानकारी दिएको छ । 

स्नातक तह पछि लगातार स्नातकोत्तर तहको अध्ययन पूरा गरेर आउने चिकित्सकले दुई बर्ष पछि मात्र विशेषज्ञ प्रमाणपत्र पाउने व्यवस्थाको अन्त्य गर्ने नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार एवं प्रवक्ता डा.कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

ऐन नियमावली संसोधन प्रस्ताव (व्यवसायिक आचार संहिता सहित) काउन्सिलले परीक्षा लिएको विषय वा तहको मात्र प्रमाणपत्र प्रदान मेडिकल कलेजमा भर्ना भएका विद्यार्थीहरुको पहिलो वर्षबाट नै रजिष्ट्रेशन फाइल खडा गर्ने र कलेजहरूबाट उठाउन बाँकी रकम ताकेता गर्ने  उनले बताए । 

त्यसैगरि  काउन्सिल शुन्य बेरुजु बनाउने योजना सहित अघि बढेको उनले जानकारी दिए ‌। 

पेशासँग सम्बन्धित कमिसन रोक्नका लागि आन्तरिक राजश्व कार्यालयसँग सम्झौता भ्रमपूर्ण विज्ञापन रोक्नका लागि स्वास्थ्य सम्बन्धि कुनैपनि विज्ञापन गर्न काउन्सिल लगायत आधिकारिक निकायको अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनको चरणमा रहेको छ । 

पहिचान सहितको प्रेष्क्रिप्शनका आधारमा मात्र औषधी बेच्न पाउने व्यवस्था मिलाउन लागिएको छ । 

पाँचवटै व्यवसायिक काउन्सिलहरुको काममा एकरुपता ल्याउन अन्तरकाउन्सिल समन्वय कार्यविधि र  पाँचवटै व्यवसायिक काउन्सिलहरू, मन्त्रालय र औषधि व्यवस्था विभाग समेतको सहभागिता हुनेगरी स्थायी प्रकृतिको अनुगमन समिति बनाउने काउन्सिलले बताएको छ । 

भेरिफाई नभएका चिकित्सकहरुको दर्ता खारेजी बारे सूचना दिने, सी।पी।डी। कार्यक्रमसँग मिल्दोजुल्दो तालिम सञ्चालन भैरहेका तालिम दिने संस्था तथा शिक्षकलाई तिनले प्रदान गरेको तालिम अवलोकन गरी प्रमाणित गर्ने र  सबै चिकित्सकलाई व्यवसायिक आचरण लगायत अन्य अनिवार्य तालिम दिने काउन्सिलले जानकारी दिएको छ ।

Last modified on 2021-10-29 16:11:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts