गत २४ घन्टामा ४ सय ९० जना स्वस्थ हुँदा थपिए ६ सय ७२ संक्रमित
काठमाडौं,१० कात्तिक । गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ९ हजार ४ सय ९५ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १ सय ६७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय ८२ र २ हजार ३ सय २८ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ९० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ४ सय ९० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ८८ हजार ४ सय ९८ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ७७ हजार २ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।