सेती अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
धनगढी,१० कात्तिक । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा ११७ नमूना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
यस्तै थप ६ जना संक्रमित अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए ।