एनएमसीको चुनावमा काउन्सिलको लोगो प्रयोग नगर्न निर्वाचन समितिको निर्देशन
काठमाडौं, १० कात्तिक । नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसारमा काउन्सिलको लोगो प्रयोग नगर्न निर्देशन दिएको छ ।
निर्वाचन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो प्रचार–प्रसार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको हो ।
उम्मेदवारहरुले आफ्नो चुनावी अभियानका प्लेकार्डहरुमा काउन्सिलको लोगो राखेको गुनासो आएपछि निर्वाचन समितिले उम्मेदवारहरुलाई सचेत गराएको जनाएको छ ।
काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्य पदका लागि आगामी मंसिर ३ र ४ गते उपत्यका बाहिर र मंसिर १० र ११ गते काठमाडौं उपत्यकाभित्र निर्वाचन हुँदैछ ।
एकजना उपाध्यक्ष पदका लागि ३ जना र ८ जना सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दिइसकेका छन् ।
Last modified on 2021-10-27 08:22:07