हङकङ जान ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य
काठमाडौं, ५ असोज । हङकङ जाने यात्रुले अब ४८ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था निगमले गरेको छ।
२६ अक्टोबरमा नेपालबाट हङकङका लागि निर्धारित उडानमार्फत यात्रा गर्ने सम्पूर्ण यात्रुले २४ घण्टामा दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने सूचना नेपाल एयरलाइन्सले जारी गरेको छ ।
कम्पनीका अनुसार २४ अक्टोवरका दिन दिउँसो १२ बजेदेखि १२ः४५ बजेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आरटी–पीसीआर परीक्षण गर्ने गरी मिति तोकिएको छ ।
उडानको दिन ६ घण्टा अगाडि नै विमानस्थलमा पुग्न र त्यहाँ सेमत अनिवार्य आरटी–पीसीआर गर्नुपर्ने भन्दै सूचनामा उल्लेख गरिएको छ । त्रिभुवन विमानस्थलमा गरेको पीसिआरको अवधि बढीमा ६ घण्टा भित्रको हुनुपर्ने भएको छ ।
Last modified on 2021-10-24 06:55:04