पोखरामा बिरामी बालबालिकाले अस्पताल भरिभराउ



Download our app to get more features

पोखरा, ५ कात्तिक । पोखराका अस्पतालमा बिरामी बालबालिकाहरूको संख्या बढेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, ओम हस्पिटल, गण्डकी मेडिकल कलेज लगायतका हस्पिटलहरूमा बिरामी बालबालिकाहरूको चाप बढेको हो ।

विशेष गरी पोखरा  स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामी बालबालिकाको संख्या ह्वात्तै बढेको छ । अस्पतालमा दिनहुँ एक सय भन्दा बढी बिरामी बालबालिका आउने गरेको अस्पतालका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा। रामचन्द्र बास्तोलाले बताए । 

बालबालिकामा ज्वरो, रुघाखोकी सँगै निमोनियाका लक्षण देखा पर्ने गरेको उनले बताए । डा। बास्तोलाका अनुसार अस्पतालमा आएका ९५ प्रतिशत भन्दा बढी बालबालिकामा ज्वरो र रुघाखोकी देखिएको र त्यस मध्यमा पनि अधिकांशलाई निमोनियाका लक्षण देखा पर्ने गरेको छ ।

डाक्टरहरुका अनुसार निमोनिया भएकाहरूमा पनि एकै खालको छातीको संक्रमण देखा परेको छ । यस्ता बिरामी बालबालिकाहरूले अस्पतालको बेड भरिभराउ भएको छ ।  ‘अहिले निमोनिया देखिएका सबै जसो बिरामीहरूमा एकै खालको छातीको संक्रमण देखा परेको छ, डा। बास्तोलाले भने, ‘र, उनीहरूमध्ये अधिकांशमा अक्सिजन लेबल घटेकाले अक्सिजन दिनुपर्ने देखिएको छ ।’

अस्पतालमा आएका मध्ये अक्सिजन चलाउनुपर्ने अवस्था नदेखिएका र उच्च ज्वरो नभएका धेरैलाई औषधि दिएर पठाउने गरिएको उनको भनाइ छ । 

यस अवधिमा अस्पतालमा भर्ना भएका २५० भन्दा बढी बालबालिकाले पूर्ण रूपमा स्वास्थ्य लाभ गरेर घर फर्किएको र १५ जना बालबालिकाको दुखद निधन भएको डाक्टर बास्तोलाले बताए ।

त्यस्तै, जीएमसी ९गण्डकी मेडिकल कलेज० हस्पिटलमा पनि यस्ता बिरामीहरूको संख्या बढ्दो छ । अस्पतालको ओपिडी र इमर्जेन्सीमा दिनहुँ पुग्ने गरेका ४० देखि ५० जना बालबालिकामा ज्वरो, रुघाखोकी र निमोनिया देखिएको आवासीय डाक्टर प्रकाश गौतमले जानकारी दिए । 

अस्पतालमा पुगेका ५० प्रतिशत बालबालिकामा जटिल निमोनिया देखिने गरेको उनले बताए । 

पोखराका मणिपाल अस्पताल , फिस्टेल हस्पिटल , फेवा सिटी हस्पिटल, मेट्रो सिटी लगायतका अस्पतालमा यसरी नै ज्वरो, रुघाखोकी र निमोनियाबाट ग्रसित बालबालिका दिनहुँ पुग्ने गरेका छन् ।

Last modified on 2021-10-22 11:29:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts