देशभर ८ हजार ५ सय ४९ कोरोना परीक्षण,थपिए ५ सय ४५ संक्रमित

काठमाडौं, ४ कात्तिक । गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ८ हजार ५ सय ४९ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ५ सय ६८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४ सय ७० र १ हजार ९ सय ६३ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ७ हजार ५ सय २२ र एन्टीजेन विधिबाट ९३ हजार ७ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ७ सय २६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ८४ हजार ८ सय ८१ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर २३ हजार ५ सय ६८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा कुल जनसंख्याको २१.४ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् ।