आजबाट देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
कात्तिक ४, काठमाडौं । सरकारले आजबाट देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौमा पहिलो मात्रा खोप लगाएकाहरुलाई आजबाट दोस्रो मात्रा लगाइने छ ।
मन्त्रालयले १८ वर्षभन्दा माथिका जसले भेरोसेल खोपको महिलो मात्रा लगाएका छन् उनीहरुलाई दोस्रो मात्रा लगाउन भनेको हो ।
साथै खोप लगाउन जादा पहिलो मात्रा लगाएको कार्ड लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ । यस्तै दोस्रो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाउन आग्रह गरेको छ ।
Last modified on 2021-10-21 16:18:43