देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु,२४ घन्टामा थपिए ६ सय ६२ संक्रमित



Download our app to get more features

 काठमाडौं, ३ कात्तिक । गत २४ घन्टामा देशभर थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप १३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ८ हजार ४ सय २६ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार २२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय ३५ र १ हजार ४ सय ४ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ७ हजार ५२ र एन्टीजेन विधिबाट ९३ हजार ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ७ सय ५८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ८४ हजार १ सय ५५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ रहेको छ ।  

Last modified on 2021-10-21 10:24:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts