मेडिकल काउन्सिलकाे एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जनाकाे उम्मेद्वारी



Download our app to get more features

 

काठमाडौं, ३ कात्तिक । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र सदस्यको निर्वाचनको लागि काउन्सिलले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपाल मेडिकल काउन्सिलको २०७८/०८२ सम्मको कार्यकालका लागि एक जना उपाध्यक्ष पद तथा आठ जना सदस्य पदका लागि आगामी मंसिर ३ र ४ गते उपत्यका बाहिर तथा मंसिर १० र ११ गते काठमाडौं उपत्यकाभित्र हुने निर्वाचन प्रयोजनका लागि नेपाल मेडिकल काउन्सिल, निर्वाचन समिति २०७८ ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

काउन्सिलले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार २०७८ कार्तिक १ र २ गते नेपाल मेडिकल काउन्सिलमा रितपूर्वकको उम्मेदवार मनोनयन दर्ता फारामहरू दर्ताको लागि प्राप्त भएकोले, उक्त मनोनयन दर्ता उपर कुनै दावी, विरोध भए कार्तिक ३ गते अपरान्ह ४:३० बजेभित्र दावी वा बिरोध गर्न सकिने नेपाल मेडिकल काउन्सिलको निर्वाचन समितिले बताएको छ ।

त्यसैगरि काउन्सिलको उपाध्यक्ष पदमा डा. शिवजी पौडेल, डा. रामपरिक्षण यादव, डा.प्रमोद कुमार यादव लगायतले उमेद्वारी दिएका छन् । काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको लागि हुन लागेको निर्वाचनमा ३५ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

No description available.

 

No description available.

No description available.

Last modified on 2021-10-20 16:46:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts