७२ घण्टापछि औषधिसहित थलारा पुग्यो हेलिकोप्टर
बझाङ, ३ कात्तिक । ७२ घण्टापछि उद्धारका लागि औषधिसहित नेपाली सेनाको हेलिकोप्टर थलारा पुगेको छ।
आइतबार साँझदेखिको निरन्तरको वर्षाले बझाङ जिल्लाका सबै स्थानीय तहमा क्षति भएको छ।
वर्षाका कारण थलारा गाउँपालिका वडा ४ डिक्लाका सार्की परिवारका १९ जना र पार्की परीवारका ४ जना बेपत्ता भएका छन्।
त्यस्तै, १७० घर विस्थापित भएका छन्। अहिले उनीहरू नजिकै रहेको त्रिभुवन माध्यमिक विद्यालय बसेका छन्। ७ घर पूर्ण रूपमा पुरिएका छन्।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि राहत सामग्री र औषधि लिएर हेलिकोप्टर घटनास्थल थलारा पुगेको डिएसपी रुपक खड्काले बताए।
Last modified on 2021-10-20 14:38:35