कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको सरकारको दावी



Download our app to get more features

काठमाडौं, ३१ असोज । सरकारले कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा गत असोज १८ गतेदेखि सुरु भएको झाडापखला तथा वान्ताको समस्या व्यवस्थापनमा आएपनि प्रकोमप नियन्त्रणमा रहेको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालसम्म झाडापखाला र वान्ताका कारण ८ सय ८५ जना सङ्क्रमित भएका छन् । जसमा २५ जना विभिन्न अस्पतालमा उपचाररछ रहेका छन् भने ८ सय १९ जना निको भएर घर फर्किसकेका छन् । 

यस्तै हालसम्म झाडापखालाका कारण ४ जनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ । 

सरकारले प्रकोप फैलिएको ठाउँमा आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरू पठाइसकेको छ भने स्थानीय, प्रदेश र विश्व स्वास्थ्य संगठनसँग निरन्तर समन्वयमा काम गरिरहेको छ । 

झाडापखाला फैलिएको कारणबारे अनुसन्धान जारी रहेको छ । 

विश्व स्वास्थ्य संगठनको समन्वयमा विभिन्न मितिमा सङ्कलन गरिएको दिसाका नमूनाहरू परीक्षण गर्दा भिब्रियो कोलेरा ०१ ओगावा नामक किटाणु फेला परेका छन् । जस्तै खानेपानीका १५ नमूनामध्ये ९ जनामा ई.कोइल देखा परेको छ । 

Last modified on 2021-10-18 10:32:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts